धन कमायो
नाम् केही रहोस् पछी भनि
कुवा खनायो
घाँशी दरिद्र घरको
तर बुद्दी कस्तो
म भानुभक्त धनी भैकन
आज एस्तो
मेरो इनार , न त सत्तल पाटी केही छन्
जे चिज र धनहरु छन्
घर भित्र नै छन्
त्येस् घाँसी ले कसरी
आज दियेछ अर्ती
धिक्कर हो मकन
बस्नु नराखी किर्ती ।
Translation in English
The poor grass cutter wants to dig a water-well in the village for welfare so that he would be remembered after his death.
कान्तिपुरी नगरी
चपला अवलाहरु एक सुरमा
गुनकेसरीको फूल ली शिरमाहिंड्न्या सखि लीकन ओरिपरीअमरावती कान्तिपुरी नगरी ।।१।।यति छन् भनि गन्नु कहाँ धनियाँ ।सुखी छन् मनमा बहुतै दुनियाँजनकी यसरी सुखकी सगरीअलकापुरी कान्तिपुरी नगरी ।।२।।कहिँ कालभरी गल्लि छ दिल्ली सरी ।कहिँ भोट र लण्डन चीन सरीलखनौ पटना मदरास सरीअलकापुरी कान्तिपुरी नगरी ।।३।।तरवार कतार खुडाँ खुकुरीपिस्तोल र वन्दुक सम्म भिरी ।आतिसुर र वीर भरि नगरीछ त कुन सरी कान्तिपुरी नगरी ।।४।।रिस राग कपट छैन यहाँतब धर्म कति छ कति छ यहाँ ।पशुका पति छन् रखवारी गरीशिवकी पुरी कान्तिपुरी नगरी ।।५।।
ईशाराले नबोलाउ देख्लान् कसैले
ईशाराले नबोलाउ देख्लान् कसैले।।
समचार जता सुकै लेख्लान् कसैले।।
ल्याएको छु प्रणय को रातो गुलाब।।
आउ लिन पधेरिमा भेट्लान् कसैले।।
हल्ला खल्ला भयो भने आज बाटोमा।।
मेरो मुटु तिमी लाई छेक्लान् कसैले।।
अजम्बरी नाता हाम्रो सयौं जुनीको।।
प्रेम कथा जीवनको मेट्लान् कसैले।।
चिरा चिरा मुटु पारी सारा जिन्दगी।।
चोखो माया प्रेमलाई रेट्लान् कसैले।।
"यात्री"
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो?
कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो?
मानिसहरूको काँध चढी, कुन देवपुरीमा जाने हो?
हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार !
मस्तिष्कको यो सुनको छाना, इन्द्रियहरूका द्वार !
नसा-नदीका तरल तर, मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा, जगदिश्वरको राज !
चेतनाको यो ज्योति हिरण्यमय, उसको शिरको ताज !
शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ।
भित्र छ ईश्वर बाहिर आँखा, खोजी हिड्छौ कुन पुर?
ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दुर?
खोजी गर्छौ हृदय लगाऊ, बत्ति बाली तेज प्रचुर ?
साथी यात्री बीच सडकमा, ईश्वर हिड्छ साथ
चुम्दछ ईश्वर काम सुनौला, गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ ।
सडक किनार गाउँछ ईश्वर, चराहरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूका, पिडा, दु:खको गानामा
दर्शन किन्तु कहिँ दिँदैन, चर्म-चछुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री, कुन नव-देश बिरानामा?
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।।
Great Work , Keep up !
ReplyDeleteTq pasa
ReplyDelete